FAQs Complain Problems

हेटौंडा उपहानगरपालिका र हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समिति बीच मातृशिशु सेवा भवन निर्माण कार्यका लागि सम्झौता

गत आर्थिक बर्ष बाटै हेटौंडामा मातृ शिशु सेवा सञ्चालनका लागि तयारी थालेको यस उपमहानगरपालिकाले चालु आर्थिक बर्षबाट प्रकृया अघि बढाएको छ । यसै अनुरुप मिति २०८०।०५।०५ गते यस उपमहानगरपालिका र हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिसँग मातृशिशु सेवा सञ्चालनका लागि भवन निर्माणको सम्झौंता गरेको छ ।

चालु आर्थिक बर्षबाटै प्रभावकारी सेवा दिने लक्ष्य अनुसार यस उपमहानगरपालिकाले अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृशिशु कक्ष निर्माण गर्ने औपचारीक सम्झौता गरेको नगर प्रमुख मिना कुमारी लामाज्यूले बताउनु भएको छ। सम्झौता अनुसार यस उपहानगरपालिकाले अस्पताल बिकास समितिलाई ८० लाख रुपियाँ दिने छ ।

चालु आर्थिक बर्षमा एक तल्ला पूर्वाधार निर्माणका लागि रकम बिनियोजन गरे बमोजिम यस उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाज्यू, उपप्रमुख राजेश बानियाँज्यू, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागाईज्यू, पूर्वाधार बिकास महाशाखा प्रमुख सत्यनारायण शाहज्यू, हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रशाईँज्यूको उपस्थितिमा यस उपमहानगरपालिका र हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समिति बीच सम्झौता पत्रमा हस्ताक्षर सहित आदान प्रदान गरिएको छ ।

सम्झौता हस्तान्तरणमा हेटौंडा उपमहानगरपालिकाका बिभिन्न वडाहरुका अध्यक्षज्यूहरु, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हरीबहादुर खड्का, बिकास समितिका सदस्य उत्सब चौलागाई सहितको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसारको भवन तल्ला निर्माण अस्पताल बिकास समितिले बोलपत्र आवहन गरी ठेक्का मार्फत निर्माण गर्ने छ । निर्मित संरचनामा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शिक्षण एवम् अभ्यास कक्षको रुपमा समेत प्रयोग हुने सम्झौतामा उल्लेख गरिएको छ ।