FAQs Complain Problems

९ नम्बर वडा कार्यालय भवनको शिलान्यास

भवन अभाबका कारण जनतालाई दिने सेवामा समस्या व्यहोर्दै आएको हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।

तत्कालका लागि काम काज चालाउँदै आएको कार्यालय परिसरमा निर्माण हुने नयाँ भवनको यस हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री मीनाकुमारी लामाज्यूले मंगलबार शिलान्यास गर्नुभएको हो।यस उपमहानगरपालिकाको लगानीमा निर्माण हुन एक तल्ले ६ कोठाको भवन उपभोक्ता समिति मार्फत निर्माण थालिएको हो । करीब ४० लाख रुपियाँको लागतमा निर्माण हुने भवनमा उपभोक्ता समितिको १० प्रतिशत लागत सहभागिता रहने वडा अध्यक्ष श्री सुकराम केसीज्यूले बताउनुभयो।

त्यस्तै मिति 2080/01/05 गते यस उपमहानगर प्रमुख लामाज्यूले हेटौंडा ९ मा रहेको प्रगती माध्यमिक बिद्यालयले निर्माण गर्न लागेको भवनको पनि शिलान्यस गर्नुभएको छ। यस उपमहानगरपालिकाको १५ लाख रुपियाँको लगानीमा निर्माण हुने भवनको जगको काम पहिलो चरणमा गर्न लागेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री प्रदिप पराजुलीज्यूले जानकारी दिनुभएको छ।