FAQs Complain Problems

हेटौंडा उपमहानगरका ९ परिवारलाई सिलाई मेशिन हस्तान्तरण

दैनिक आयआर्जनमा जोडिनका लागि यस हेटौंडा उपमहानगरपलिकाले आफ्नो क्षेत्रका ९ परिवारलाई सिलाई मेशिन हस्तान्तरण गरेको छ ।

दलित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगर भित्र बसोबास गर्दै आएका ६ वटा वडाका ९ जनालाई दैनिक जिवन यापनमा सहयोग पुर्‍याउनका लागि यस हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले सिलाई मेशिन हस्तान्तरण गर्नु भएको छ ।

प्रति मेशिन करिब १५ हजार रुपियाँको लागतमा खरीद गरी १,५,८,११, १७ र १८ नम्बर वडाका ९ वटा परिवारलाई हस्तान्तरण गरेको यस हेटौंडा उपमहानगरपालिका कार्यालयका समाजकल्याण शाखाका शाखा प्रमुख भैरव बहादुर कुमालले जानकारी दिनु भएको छ। कार्यक्रममा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका सचिव कमल कुमार बिश्वकर्मा लगायत अन्य विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।