व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउँने तायारीमा हेटौंडा उपमहानगरपालिका जुटेको छ । एशियालि विकास बैकको सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालय मार्फत उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गर्न खोजिएको हो ।
आयोजना अन्तरगत २०५५ सम्मको डिपिआर योजना सहित हेटौंडाको शहरी ढल व्यवस्थापन, भुमिगत ढल र शहरी लेदो जन्य फोहर व्यवस्थापन सम्बन्धी सोमबार उपमहानगरपालिकामा छलफल गरिएको थियो । शहरी क्षेत्रमा बिस्तारै बढ्दै गएको ढल जन्य लेदो तथा अन्य फोहर व्यवस्थापन गर्न सकिने काम र व्यवस्थापनको विषयमा छलफल भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा ज्यूले उपमहानगरपालिकाले गर्दै आएको जमिन बाढ्ने कामलाई रोक्दै एकिकृत व्यवस्थित शहरको निमार्ण र विकासमा अघि बढ्ने बताउनु भयो ।
वहाँले सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुङ्गो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने गरेको बताउनु भयो । वहाँले भन्नु “अब हुने विकासको काममा अघि लगानी भएका पुर्वाधारको प्रयोग गरेर अघि बढ्दा सहज हुन्छ, यसअघि निर्माण भएका पुर्वाधारको गुणस्तर र व्यवस्थापन मापन गरेर अघि बढौं ।“ वहाँले उपमहानगरपालिका आवधिक र गुरुयोजना बनाएरै विकासको काममा अघि बढ्ने तयारीमा रहेको बताउनु भयो ।
कार्यक्रममा हे.उ.म.न.पा. को सहयोगमा सञ्चालनमा रहको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले अहिले सम्म उपमहानगर क्षेत्रमा खानेपानीको वितरण र आवश्यक पुर्वाधार र व्यववस्थापनको विषयमा बताउनु भएको थियो । बिष्टले अहिले सम्म बोर्डले २२ वटा डिपबोरीङ, ७ वटा. सम्वयल वाट उत्पादन भएको पानी २२ हजा २५० धारा मार्फत खानेपानीको वितरण भैरहेको बताउनु भएको थियो । बोर्डले अहिले दैनिक १ लाख ८२ हजार लिटर पानी दैनिक वितरण गर्दै आएको वहाँले जानकारी दिनु भयो। व्यवस्थित ढल र खानेपनीको व्यवस्थापनमा आएको परामर्शदाता सहितको टोलीले नयाँ विकास हुँदै गरेका वडाहरुमा प्रदेश सरकारले निर्माण गर्ने भवन र पुर्वाधारलाई सहयोग पुग्ने गरी काम गर्न अनुगमन गरे छन् । छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उप-प्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, खानेपानी तथा ढल व्यवस्थान आयोजनाका प्रमुख बालमुकुन्द श्रेष्ठ लगाएत अन्य प्राबिधीकहरुको सहभागिता रहको थियो ।