FAQs Complain Problems

UNOPS र हेटौंडा उपमहानगरपालिकाबीच परियोजना सहयोग सम्झौता हस्ताक्षर

आज मिति २०८२ कार्तिक १८ गते  संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (UNOPS) र हेटौंडा उपमहानगरपालिकाबीच “Cities 4 Women: Inclusive and Climate Resilient Urbanization in Nepal” परियोजनाअन्तर्गत परियोजना सहयोग सम्झौता (Project Cooperation Agreement - PCA) सोमबार हस्ताक्षर गरिएको छ।

सम्झौता अनुसार, UNOPS ले अधिकतम अमेरिकी डलर १,८४,००० (एक लाख चौरासी हजार) बराबरको आर्थिक सहयोग उपलब्ध गराउनेछ भने हेटौंडा उपमहानगरपालिकाले उक्त रकमको ३० देखि ५० प्रतिशतसम्म रकम लागत साझेदारी गर्ने छ।

‘Cities 4 Women’ परियोजनाको उद्देश्य तीव्र शहरीकरण र बढ्दो जलवायु जोखिमका कारण सिर्जित चुनौतीहरूको समाधानका लागि लैङ्गिक उत्तरदायी र जलवायु प्रतिरोधी सार्वजनिक खुला स्थानहरूको योजना, डिजाइन र निर्माणमार्फत नगरपालिकाहरूलाई सहयोग गर्नु हो।

यो परियोजना युरोपेली संघ (European Union) र सुओमी फिनल्याण्ड (Suomi Finland) को सहयोगमा UNOPS, UN-Habitat र Cities Alliance द्वारा संयुक्त रूपमा चार वर्षको अवधिमा कार्यान्वयन हुँदैछ।

हस्ताक्षर कार्यक्रममा नगरप्रमुख श्री मिना कुमारी लामाज्युले सम्झौताले स्थानीय सरकारका योजनामा समावेशी र जलवायु प्रतिरोधी शहरी विकास प्रवर्द्धन गर्ने तथा महिला र संवेदनशील समुदायहरूलाई नगर योजना प्रक्रियामा सशक्त रूपमा सहभागी गराउने अवसर सिर्जना गर्ने अपेक्षा व्यक्त गर्नु भयो।