श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हेटौंडा उपमहानगरपालिका रोजगार सेवा केन्द्रमा सूचीकृत भएका व्यक्तिहरुको लागि ३० दिने दारको ठेकी बनाउने तालिम सप्पन्न भएको छ। कार्यक्रमको लागि हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतमज्यू, हेटौंडा उपमहानगरपालिका ५ नं. वडाका वडा अध्यक्ष सुशील घिमिरेज्यू, सामाजिक बिकास महाशाखा प्रमुख, टोल बिकास नगर समन्वय समिति का अध्यक्ष, वडा सदस्य, रोजगार सेवा केन्द्र, पत्रकार लगायतका व्यक्तित्वको उपस्थित थियो।