FAQs Complain Problems

हेटौंडा ८ मा वडा स्तरीय बाल सञ्जाल गठन

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं.८ मा बालमैत्री नगर घोषणा अभियान अन्तरगत वडा स्तरीय वाल सञ्जाल गठन गरिएको छ ।

आगामि मंसिर सम्ममा उपमहानगरलाई बालमैत्री शासन युक्त पालीका घोषणाको तयारी अनुसार हेटौंडा–८ मा प्रकृति भण्डारीको अध्यक्षतामा २५ सदस्य वडा स्तरीय बाल सञ्जाल गठन भएको हो ।

१९ वटा टोल बिकास सस्थाहरु रहेको वडामा १७ वटा टोल स्तरीय बाल सञ्जालमा रहेका र वडामा रहेको ४ वटा बिद्यालयमा अध्ययनरत बालबालिकालाई समेटेर वडा स्तरीय सञ्जाल गठन गरीएको वडा सहजकर्ता रोजिता दंगालले बताइन् ।

सञ्जाल गठन कार्यक्रममा एक्प्याट लक्जम्वर्गको सहयोगमा प्राप्त शैक्षिक सामग्री सहितको बाकसलाई टोलहरुमा गठन भएको वाल सञ्जाललाई हस्तान्तरण गरीएको थियो । कार्यक्रमलाई यस उपमहानगरपालिका महिला तथा वालबालिका महशाखा प्रमुख श्री विष्णुकुमारी लामिछानेज्लेयूले बाल सञ्जाल गठन र यसको महत्वका बारेमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष श्री रामकृष्ण थापाज्यूको अध्यक्षतामा चन्द्रोदय माध्यमिक बिद्यालयमा भएको कार्यक्रममा वडा सदस्य गोरखनाथ राय, टोल बिकास सस्था वडा समन्वय समितिका संयोजक बिष्णु अर्याल, सामुदायीक सेवा केन्द्र हेटौंडाका राम बिष्ट, बडा स्तरीय बिभिन्न दलका प्रमुख तथा प्रतिनिधी सहित वडा वासीको सहभागिता रहेको थियो ।