FAQs Complain Problems

हेटौंडामा सुरु भयो "सफा हेटौंडा" अभियान

हेटौंडामा सुरु भयो "सफा हेटौंडा" अभियान

सुन्दर र हरीत शहरको रुममा चर्चामा रहेको हेटौंडालाई थप आक्रर्षक बनाउन "सफा हेटौंडा" अभियानको थालनि गरिएको छ । बजार क्षेत्रमा रहेको सुन्दरतालाई नगरको सबै वडातह सम्म पुर्‍याउने गरी हेटौंडा उपमहनगरपालिका प्रमुख मिनाकुमारी लामा ज्यूले घोषणा गर्नु भएको अभियान २०७९ श्रावण ७ गते  शनिबारबाट सुरु गरिएको हो ।

अभियानको पहिलो दिन हेटौंडा–४ हुप्रचौरमा अव्यवस्थित ढंगबाट फ्याकिएका विभिन्न प्रकारका फोहर संकलन गर्ने र चौरमा रहेका अनावश्यक झारपातलाई पन्छाउने काम गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना र टोलविकास संस्था नगर समन्वय समितिको समन्वयमा हेटौंडालाई थप सुन्दर बनाउन अभियान थालिएको हो ।

अभियानमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा सहित विभिन्न वडाका अध्यक्ष, उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारी र जनस्तरको सहभागिता रहेको थियो । अभियानमा सहभागिताको लागि स्वत स्वतस्फर्त रुपमा हेटौंडावासी सहभागि  रहेका थिए । अभियानको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख लामाले नगरको सौन्दर्यता बढाउनका लागि हरेक हप्ताको शनिबार नगरका १९ वटै वडाहरुमा लैजाने वहाँले बताउनु भएको हो ।

अभियानले हेटौंडालाई आफुपनि सुन्दर बनाऔं भन्ने भावनाको विकास गर्ने वहाँको धारणा थियो । अभियान अन्तरगत सरसफाई, पार्क निर्माण, वृक्षारोपण लगाएका समाजिक सुधारका कामहरु गरीने भएको छ । नगरको अभियानको रुपमा रहेको कार्यक्रमलाई सार्थक बनाउँनका लागि विभिन्न खेलका प्रशिक्षक तथा खेलाडि सहितको सहभागितामा कामलाई अघि बढाईएको छ । अभियानलाई लामो समय सम्म अघि बढाउँने योजना सहित लागेको हेटौंडा उपमहानगर टोल विकास समन्वय समितिका अध्यक्ष ध्रुर्व अधिकारीले बताउनु भयो ।

सुन्दर हेटौंडा निर्माणको अभियानलाई उपमहानगरपालिकाका १९ वडामा रहेको ३५० टोलविकास संस्थालाई परिचालन गरी अघि बढाउने योजना रहेको वहँले बताउनु भयो । हुप्राचौरबाट सफाई अभियानको सुरुवातहुँदै नगरका सबैवडाहरुमा अध्यक्षको नेतृत्व र टोलविकास संस्थाको सक्रियतामा सफाई अभियानमा हप्ताको २ घण्टा श्रमदान जुटाउने निर्णय उपमहानगरले गरेको छ । अभियानमा अनिवार्य भन्दा पनि स्वस्र्फुत सहभागिताको अपेक्षा उपमहानगरपालिकाले राखेको छ । अभियान सञ्चालनको घोषणा साउन ३ गते बसेको सर्वपक्षिय बैठकबाट उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले  गर्नु भएको थियो ।