सामाजिक सुरक्षा
हेटौंडाको क्याम्पाडाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न
सुन्दर र आकर्षक शहर निर्माण अभियानमा रहनु भएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले हेटौंडाको क्याम्पाडाँडामा वृक्षारोपण गर्नु भएको छ।
हरीत नगरीको रुपमा देशमा चर्चामा रहने गरेको हेटौंडालाई सुन्दर र व्यवस्थित शहरको रुपमा विकास गर्ने लक्ष्य राख्नु भएको नगरप्रमुख लामाले कान्तिलोकपथ अन्तर्गत हेटौंडा– चौंधडा खण्डको क्याम्पडाँडामा वृक्षारोपण गर्नु भएको छ।
हेटौंडा वडा नं. ५ र ७ को सिमा क्षेत्रमा पर्ने क्याम्पाडाँडामा निर्माण भएको सडकले चर्चेर छोडेको जमिको दक्षिण भागमा झाडी तथा फोहर अधिक रहेकाले त्यसलाई सफा गरी वृक्षारोपण गरिएको हो । सडक किनारमा हेर्दा आकर्षक देखिने धुपी तथा गोलमोहर फुलको बिरुवा रोपिएको छ ।
नगरलाई सुन्दर बनाउँनका लागि हरेक महिना वृक्षारोपण अभियान र हरेका साता ‘ सफा हेटौंडा अभियान’ उपमहानगरले सञ्चालन गरीरहेको छ । हेटौंडा उपमहानगरपालिकाका फोहरमैला तथा व्यवस्थापन शाखाका केशव देवकोटाका अनुसार हरेक महिना फरक/फरक ठाउँमा वृक्षारोपणको अभियान पनि सञ्चालन गरेको बताउनु भएको छ।
वृक्षारोपणमा हेटौंडा ५ का अध्यक्ष शुसिल घिमिरे, हेटौंडा ७ का अध्यक्ष दामोदर गौतम, बिष्णु दाहाल, नगर सभा सदस्य सन्तुमाया पाख्रिन, ज्ञानबहादुर थापा, रञ्जीता शिलवाल लगाएत स्थानिय वासिन्दाको सहभागिता रहेको थियो ।