FAQs Complain Problems

हेटौंडाको अस्थाई टप हटाउँने २५ मिटर बिस्तारको तयारी

हरीत र शुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्गको बिस्तार नहुँदा बजारको स्वरुप थप बिग्रदै गएको भन्दै यस हेटौंडा उपमहानगरका नगर प्रमुख श्री मिनाकुमारी लामाज्यूले अहिलेको अभियानलाई २५ मिटर बिस्तारको पहिलो चरणको तयारीको रुपमा बुझ्न अनुरोध गर्नुभएको छ । यस उपमहानगरले अहिले बजारक्षेत्रको अस्थाई टप हटाउने काम सडक बिस्तारको अभियानको पहिलो चरणको रुपमा सोच्न व्यवासायीहरुलाई सचेत गराउनु भएको छ।

व्यवसायीले आफ्नो व्यवसायको प्रवद्धनका लागि घर भन्दा बाहिर थपेको अस्थाई टप उपमहानगरले हटाइरहेको छ । बजार क्षेत्रको हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले राखेको सामानको प्रचारका लागि घरसँगै जोडेर बनाएको अस्थाई टप हटाउँने काम चलिरहेको छ।

उपमहानगरको अहिले त्रिभूवन राजपथ अन्तर्गत चौकिटोलको ओरालो देखि पुर्वपश्चिम राजमार्ग अन्तर्गतको राप्तिरोड हेटौंडा अस्पताल अगाडि सम्मको क्षेत्रमा व्यवसायीले राखेको अस्थाई टप निकाल्ने काम नगर प्रहरीले गरीसकेको छ ।

हेटौंडा–१ तर्फ पर्ने त्रिभूवन राजपथ र पुर्वपश्चिम राजमार्गको हेटौंडा अस्पताल सम्मका व्यवसायीले राखेको करिब ७५ वटा अस्थाई टपहरु हटाएको छ । अब  उपमहानगरको २, ४ र १० नम्बर वडा क्षेत्रमा रहेका व्यवसायीले बनाएको घर भन्दा बाहिर निकालिएको अस्थाई टप हटाउने भएको छ । अस्वभाबिक ढंगबाट फुटपाथ क्षेत्रलाई कव्जा गर्दै निर्माण गरिएको अस्थाई टप हटाउने काम जारी रहने छ।