FAQs Complain Problems

स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

हेटौंडा उपमहानगरपालिकालाई  प्लान नेपाल मकवानपुरले स्वास्थ्य कार्यालय मकवानपुर मार्फत स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । हेटौंडाका १९ वटै वडामा खोप कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराएको हो । स्वास्थ्य कार्यालय मकवानपुर मार्फत ७ सेट पीपीई, ५ लिटर सेनिटाइजर, मास्क ८ सय थान, केएन ९५ मास्क ७० वटा, सर्जिकल ग्लोव्स ५ सय थान सहयोग प्राप्त भएको हो । कोरोना भाइरस (कोभिड १९) को त्रास वढेसंगै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिएको छ । उपमहानगरमा प्राप्त स्वास्थ्य सामाग्री हेटौंडाका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थामा वितरण गर्न लागिएको हो ।