FAQs Complain Problems

सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
हेटौंडा, १३ असार । हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सेवा प्रवाहका क्रममा देखिएका चुनौती, सुधारका सम्भावित उपाय तथा प्रचलित कानुनी व्यवस्था सम्बन्धी विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, सम्पूर्ण वडा सचिव तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सुरक्षा तथा घटना दर्ता सेवाको कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या तथा समाधानका उपायबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष जुन दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली रहनुभएको थियो। प्रमुख अतिथि वलीले सामाजिक सुरक्षा तथा घटना दर्ता सेवा नागरिकको आधारभूत अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालाको सक्रियता र उत्तरदायित्व आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको सहजीकरण पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीले गर्नुभएको थियो। उहाँले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी नीति, प्रक्रिया तथा व्यवहारिक पक्षबारे जानकारी गराउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वडा तहको भूमिकाको महत्व औंल्याउनुभयो।
अन्तरक्रियात्मक कार्यक्रमले सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी सेवामा देखिएका समस्या पहिचान गरी समाधानका लागि साझा धारणा निर्माण गर्न सहयोग पुगेको  सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले जनाएको  छ।