हेटौंडा उपमहानगरपालिकाले अनौपचारी क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम अन्तर्गत अनौपचारीक श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँने पहिलो उपमहानगरपालिका भएको छ ।
उपमहानगरपालिका भित्र रहेर बिभिन्न क्षेत्रमा काम गरीरहेका अनौपचारीक क्षेत्रका ६० जना श्रमिकहरुलाई कोषमा आवद्ध गराउँदै परिचयपत्र वितरण गरेको छ ।
कोषमा आवद्ध गराउँनका लागि उपमहानगरले प्रतिश्रमिक १ हजार १४० र योगदान कार्ताले १ हजार ३४० रुपियाँ प्रतिमहिना जम्मा गर्नुपर्ने छ । उपमहानगरक्षेत्रमा घरेलु कामदार, कृषि क्षेत्र र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरु समाबेस छन् ।
कोषमा आवद्ध श्रमिकलाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले परिचय पत्र बितरण गर्दै आगामि दिनमा थप श्रमिकहरुलाई जोड्दै जाने बताउनुभयाे ।





