FAQs Complain Problems

व्यवसायीले दिए नगर प्रमुख र उपप्रमुखलाई शुभकामना ।

सुन्दर र व्यवस्थित शहरको निर्माणमा रहेको हेटौंडाका घरजग्गा व्यवसायीले हेटौंडा उपमहानगरमा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई कार्यकालको शुभकामना दिएका छन् । बुधबार उपमहानगरको कार्यकक्षमा पुगेर मकवानपुर घर जग्गा व्यवसायी संघको टोलीले नगरप्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई कार्यकालको शुभकामना दिएका हुन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रीय महासचिब ध्रर्व घिमिरेले शुभकामना तथा बधाई पत्र प्रदान गर्दै सुन्दर र व्यवस्थीत शहर निर्माणको लागि उपमहानगरसँग सहकार्य गर्न तयार रहेको बताए । उनले घर जग्गा व्यवसायमा देखिएको समस्यालाई हल गर्नका लागि उपमहानगरको समन्वय आवश्यक रहेको बताए । उपमहानगरमा भ्रमणका लागि आउँनेलाई देखाउन लाएक शहर बनाउने काममा सहयात्री बन्न तयार रहेको बताए ।

कार्यक्रममा नगर प्रमुख लामाले समृद्ध शहर निर्माणको लागि सहकार्य गरेरै अघि बढ्ने बताइन् । उनले अव्यवस्थित ढंगबाट गरिएको प्लानिङमा उपमहानगरले निगरानी गर्ने बताइन् । कार्यक्रममा उपमेयर बानियाँले व्यवसायीहरुको साथबाटै नयाँ र व्यवस्थित नगरको कल्पना गर्ने बताए । उपमहानगर व्यवसायीहरुसँग हातेमालो गरेरै अघि बढ्ने बताउँदै व्यवस्थित शहर निर्माणका लागि सहकार्य गरीने उपप्रमुख बानियाँले बताए । शुभकामना दिने कार्यक्रममा संघका पदाधिकारी सहित घर जग्गा व्यवसायीहरु सहभागी रहेका थिए ।