FAQs Complain Problems

महिला जनप्रतिनिधिलाई क्षमता विकास तालिम

महिला जनप्रतिनिधिलाई क्षमता विकास तालिम

 

यस हेटौंडा उपमहानगरपालिका क्षेत्रका बिभिन्न वडामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ ।

यस कार्यालयका महिला तथा वालबालिका महाशाखाको आयोजनामा सुरु भएको तालिमको यस उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख राजेश बानियाँले सोमवार उद्घाटन गर्नु भएको छ।

सामाजिक बिकास समितिमा संयोजक तथा हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको तालिममा हेटौंडा २ का वडा अध्यक्ष बिष्णुगोपाल मर्हजन,  यस कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई,  महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने लगाएतको आतिथ्यता रहेको थियो । 

यस उपमहानगरपालिकाको १९ वटै वडामा निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको तालिम ५ दिन सम्म हेटौंडाको गैरसरकारी सस्था महासंघको हलमा सञ्चालन हुने छ । तालिममा सहभागितालाई प्रमुख प्रशिक्षक सोनालाल चौधरी,  सहायक प्रशिक्षक अशोक कुमार कामतीले सहजिकरण गर्ने छन् ।

तालिममा भाषणकला, उद्घोषण कला, जनतालाई वडाबाट दिने सुबिधाक्रममा अवलम्बन गर्ने स्वभाब, व्यवहार, वडामा हुने योजना तर्जुमा र कार्यान्वयन सहित व्यक्तित्व बिकासका लागि आवश्यक बिषयहरुमा तालिम दिइने छ।

त्यस्तै तालिमका क्रममा यस कार्यालयका बिभिन्न महशाखा र शाखाले दिने सेवा र तिनका प्रक्रियाका बारेमा महाशाखा तथा शाखा प्रमुखले सहजिकरण गर्ने महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनु भएको छ।