FAQs Complain Problems

बनेलधाप र कालोपानीमा १० हजार लिटर पानी छुट

हेटौंडा उपमहानगरपालिकाले  खानेपानीमा नगरवासीका लागि दिदै आएको छुटबाट बनेलधाप र कालोपानीका बासिन्दा लाभाम्वीत हुने भएका छन् । उपमहानगरले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग आवद्ध रहेका धाराबाट खानेपानी प्रयोग गर्ने लाई दिदै आएको मासिक १० हजार लिटर पानी बाट उनिहरु लाभाम्वित हुने भएका हुन् ।

दैनिक उपभोग्य पानीका लागि घण्टौं हिडेर छिमेकी जिल्ला सम्म जानु पर्ने बाध्यतामा रहेका हेटौंडा–१४ बनेलधाप र कालापानीका बासिन्दा खानेपानीको समस्याबाट मुक्त भएका हुन् । खानेपानीको समस्या समाधानका लागि जिल्ला समन्वय समिति र खानेपानी व्यवस्थापन बोर्डको २ करोड ४० लाख रुपियाँको लागतमा ३ लाख लिटरको टंकी निर्माण भएको छ ।

२०७८ साल फागुन १० गते टंकी निर्माण भए सँगै हेटौंडा उपमहानगरले टंकीबाट गाउँसम्म पानी लैजानका लागि २.४ कि.मि मेनलाईन र १७.५९० कि.मि शाखा लाइन पाईप बिस्तारको काम गरे सँगै पानीको समस्या बाट स्थानीयले छुटकारा पाएको छन्।

शनिवार नव निर्मित खानेपानी टंकीको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा र उपप्रमुख राजेश बानियाँले उद्घाटन गर्दै नियमित खानेपानी व्यवस्थापनको जिम्मेवारी बोर्डमा हस्तान्तरण गर्नु भएको छ। बोर्डलाई खानेपानीको व्यवस्थापनको जिम्मेवारी हस्तान्तरणसँगै बनेलधाप र कालापानीमा रहेका ४२५ परीवारले हेटौंडा उपमहानगरपालिकाले दिएको १० हजार लिटर सम्मको पानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् ।