FAQs Complain Problems

प्लाष्टिक झोला प्रयोग नगर्ने उपमहानगरको प्रतिबद्धता

प्लाष्टिक झोला प्रयोग नगर्ने उपमहानगरको प्रतिबद्धता

सरकारले ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टिक झोला प्रयोगमा लगाएको प्रतिबन्धलाई हेटौंडा उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याएको छ ।

सोमबार हेटौंडा उपमहानगरपालिकाका उप-प्रमुख राजेश बानियाँ र प्रमुख कार्यकारी अधिकृत शिवराज चौँलागाईले कार्यालय परिसरमा ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टिकको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा-२ र हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रतिवद्धता कार्यक्रममा हस्ताक्षर गर्दै उप-प्रमुख बानियाँ र अधिकृत चौलागाईले प्रतिबद्धता जनाउनु भएको हो