FAQs Complain Problems

नगरप्रमुखको अगुवाइमा सरसफाई कार्यक्रम सम्मपन्न

कार्यभार सुरु गरेबाटै हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्ने लक्ष्य सहित थालिएको सफा हेटौंडा अभियानलाई सार्थक बनाउँन हेटौंडा उपमहानगपालिकाका नगर प्रमुख  श्री मिनाकुमारी लामा आफैं गत शनिवार बिहान पनि सडकमा उत्रिनु भएको छ ।

उपमहानगरपालिको अगुवाइएमा हरेक साताको शनिवार गरिने अभियानलाई सफल र हेटौंडालाई सफा शहरको रुपमा विकास गर्नका लागि नगरप्रमुख लामाले अगुवाई गर्दै आईरहनु भएको छ । शनिवार हेटौंडा -४ को परिजात पथ र त्रिदेव मार्गमा उनिसहित टोल विकास संस्था, महिला उद्यमी र आमा समुह सहितको टोली सफा हेटौंडा बनाउँनका लागि सडकमा उत्रिएका हुन् । हातमा कुच्चो बोकेर सडक बडार्ने, सडक छेउमा भएको फोहर संकलन गर्ने तथा सडक छेउमा रहेका बिरुवाको गोडमेल जस्ता कार्यहरु अभियानको क्रममा गरिएको थियो । अभियानलाई साझा बनाउनका लागि ‘Together We Can"  को नारा दिइएको छ ।