FAQs Complain Problems

दृष्टी विहिन विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि ल्यापटप सहयोग

दृष्टी विहिन विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि ल्यापटप सहयोग

उच्च शिक्षा अध्ययनमा रहेका हेटौंडा–८ का दृष्टी विहिन एक युवालाई हेटौंडा उपमहानगरपालिकाद्वारा ल्यापटप सहयोग गरिएको छ ।

हेटौंडा ५ को बालज्योति माध्यमिक बिद्यालयमा रहेको दृष्टी विहिनहरुको विद्यालयबाट एस.इ.इ परीक्षा उर्तिण गरेका हेटौंडा–८ का कृष्ण बस्नेतलाई सोमबार यस हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा ज्यूले ल्यापटप हस्तान्तरण गर्नु भएको छ।

चितवनको झुवानी क्याम्पसमा कक्षा–११ मा अध्ययनरत बस्नेतले ल्यापटप दिएकोमा हेटौंडा उपमहानगरका प्रमुख मिना कुमारी लामालाई धन्यवाद दिए ।

नगर प्रमुख मिना कुमारी लामाले दृष्टी विहिन बस्नेतलाई आगामि शैक्षिक यात्राको शुभकामना दिनु भएको छ । उहाँले उपमहानगरले शैक्षिक सुधारसँगै गरिव र असहाय विद्यार्थीहरुका लागि शैक्षिक सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउनु भएको छ ।