FAQs Complain Problems

तिल्केश्वर खेलमैदान शिलान्यास

चालु आर्थिक बर्ष २०८०/०८१ मा उपमहानगरले बिनियोजन गरेको बजेट मार्फत निर्माण हुने मैदानको शनिवार नगर प्रमुख मिना कुमारी लामाज्यूले शिलान्यास गर्नुभएको हो। उपमहानगरले चालु आर्थिक बर्षमा छुट्याएको १५ लाख सहित उपभोक्ता तथा अन्य गरी १६ लाख ६७ हजार ८४९ रुपियाँको लागतमा आउँदो बैशाख सम्ममा निर्माण गर्ने लक्ष्य रहेको छ ।

मैदानको पश्चिम भागमा रहेका खाडललाई ग्याभिङ वाल लगाएर पुर्ने काम सँगै अहिलेका लागि भलिबल, टेबलटेनीस र फुटसल खेलमा लागि मैदानलाई व्यवस्थापन गरिने छ। चालु बर्ष छुट्याएको बजेट मार्फत पहिलो चरणको काम गरेसँगै आगामी बर्षका लागि पनि बजेट माग गर्न आवश्यक रहेको उनले बताए ।

मैदान निर्माण समितिका अध्यक्ष नेपालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–११ का वडा सदस्यद्धय संजय विडारी, बिकास नेपाल, डाङडुङ्गे सामुदायीक बनका अध्यक्ष शालिकराम पुडासैनी, टोल बिकास सस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, टोल बिकास सस्था वडा समन्वय समितिका संयोजक यज्ञबहादुर आचार्य भैरबकुञ्ज टोल विकास संस्थाका अध्यक्ष मेघनाथ रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।