FAQs Complain Problems

डेंगोको उपचार गर्न हेटौडा अस्पताललाई ११ सय किट हस्तान्तरण

हेटौंडा बजार क्षेत्र सहित मकवानपुरमा फैलदै गरेको डेंगो संक्रमितको उपचारमा सहयोग पुर्‍याउन हेटौंडा उपमहानगरपालिकाले डेंगो किट हस्तान्तरण गरेको छ ।

किटको अभावका कारण उपचारमा समस्या भएको जनगुनासो पछि संक्रमितको उपचारमा सहयोग पुर्‍याउन हेटौंडा उपमहानगरपालिकाले ११ सय ५० थान किट उपलव्ध गराएको हो ।

उपमहानगरपालिकाकाले उपलब्ध गराएको किट उपप्रमुख राजेश बानियाँ, प्रवक्ता सबिन न्यौपाने र हेटौंडा २ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जनले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्री रामचन्द्र सापकोटा र अस्पताल सञ्चालक समितिका सदस्य श्री हिरा लामालाई हस्तान्तरण गर्नु भएको थियो ।

किटको अभावका कारण डेंगोका आशका लागेर अस्पताल आएका बिरामीलाई उपचारमा असहज भएको अवस्थामा उपमहानगरपालिकाले गरेको सहयोगले ठुलो अर्थ राख्ने किट बुझदै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सापकोटाले बताउनु भयो । जनताले सेवा नपाएको गुनासो पछि अभाव देखिएको किटको जोहो गरेर उपचार सेवालाई सुचारु गर्न सहयोग गरेको उपमहानगरका उपप्रमुख ज्यूले बताउनु भयो। स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अहिले सम्म ७२३ मानिसमा डेंगोको संक्रमण देखिएको छ । कार्यालयका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार बढिमात्रामा हेटौंडा बजार क्षेत्रको ४ र ५ नम्बर वडामा डेंगोको संक्रमणका बिरामी पाइएको छ ।