FAQs Complain Problems

डेंगु नियन्त्रण गर्न हे.उ.म.न.पा.का विभिन्‍न वडामा स्प्रे

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु नियन्त्रण गर्न सुरु गरेको किटनासक औषधि सहितको स्प्रे नगरका सबै वडाहरुमा पुगेको छ । डेंगुको जोखिम उच्चहुँदै गएपछि उपमहानगरपालिकाले स्प्रे अभियानलाई थप गर्दै लगेको छ । असारको अन्तिम साताबाट डेंगुको बिरामी देखिन थालेपछि उपमहानगरपालिकाले स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा नगरभरि डेंगु रोग फैलाउने लामखुट्टेको लर्भा नष्ट गर्ने कार्यक्रम सँगै स्प्रे अभियानलाई पनि अघि बढाएको हो ।

उपमहानगरले फैलदै गरेको डेंगु नियन्त्रणका लागि नियमित रुपमा स्प्रे अभियान सहित बिरामिलाई उपचारमा सहयोग पुर्‍याउनका लागि हेटौंड अस्पतालाई २ हजार भन्दा बढि परिमाणमा किट सहयोग गरेको नगर प्रमुख मिनाकुमारी लामा ज्यूले जानकारी दिनु भयो । किट अभावकै कारण नगरवासी सहित अन्य बिरामीहरुले उपचारमा समस्या व्यहोरेपछि उपमहानगरपालिकाले खरिद गरेर किट हस्तान्तरण गरिएको वहाँले बताउनु भयो। नियमित स्प्रे गर्दा पनि डेंगु नियन्त्रणमा नआउनुले थप समस्या भएको वहाँले बताउनु भयो ।साथै  अहिले घर बाहिर भन्दा पनि नगरवासीले घर भित्रको सुरक्षालाई ध्यान दिन आवश्यक रहेको वहाँले बताउनु भयो ।

उपमहानगरपालिकाले १ देखि १९ नम्बर वडा र स्थानीयको माग अनुसार स्प्रे अभियान चलाईएको बताइएको छ । बढिमात्रामा बजार क्षेत्रमा डेंगुका बिरामीहरु धेरै देखिएकाले अभियानलाई बजार केन्द्रित गरीएको छ । उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रको २, ४, ५, १, १० नम्बर वडालाई प्राथमितामा राखेर स्प्रे अभियान चलाईरहेको छ । जोखिमपुर्ण वडाको रुपमा रहेको ४ नम्बर वडालाई विषेश प्राथमिकतामा राखेको अभियानलाई सञ्चालन गरीरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।  

हेटौंडामा डेंगुका बिरामी संक्रमणदर बढ्दै गएपछि उपमहानगरका सबै वडाहरुमा वडा अध्यक्षको नेतृत्व र स्वास्थ्यकर्मी सहित सरोकार वालाहरुको अगुवाईमा डेंगु नियन्त्रण अभियान सञ्चालन गरीरहेको छ । अभियान अनुसार वडा तहमा गएर सरोकारवालाहरुको सहभागितामा लार्भा नष्ट गर्नका लागि सचेतना कार्यक्रम गर्दै वडाहरुको जोखिम पुर्ण ठाउँको अनुगमन गरी सफा गर्ने कार्यक्र सञ्चालन भैरहेको जनस्वास्थ्य शाखाले जनकारी दिइएको छ ।