FAQs Complain Problems

खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन फागुन १८ मा

हेटौंडामा पहिलो पटक खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता सञ्चालन हुने भएको छ । गत वर्षहरुमा जिल्ला स्तरीय प्रतियोगितामा सिमित रहेको हेटौंडा रनलाई चालु बर्षबाट राष्ट्रिय प्रतियोगिताको रुपमा सञ्चालन गर्न लागिएको हो ।

 

हेटौंडा उपमहानगरपालिकाको सहयोग र नगर खेलकुद बिकास समितिको समन्वय तथा व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता फागुन १८ गते हुने आईतबार पालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। हेटौंडाको बुद्ध चौकबाट हेटौंडा -५ पिप्ले पुगेर  पुनः बुद्ध चौकमा आई ५ किलोमिटर लामो दौड पुरा हुनेछ।

 

दौडमा १६ बर्ष उमेर पुरा भएका नेपाली नागरिक सहभागि हुन पाउने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र दुई जनालाई क्रमश: ६०, ५०, ४० र प्रोत्साहन स्वरुप दुई जनालाई १०/१० हजार रुपियाँ पुरस्कार दिइनेछ। प्रतियोगितामा सहभागि हुन चाहनेले फागुन १८ गते विहान ६:४५ बजे सम्म नाम दर्ता गर्न सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

४ लाख रुपियाँ बजेट अनुमान गरीएको प्रतियोगितामा १०० जनाको सहभागिता रहने अनुमान गरीएको छ। उपमहानगरको खेलकुद तालिका अनुसार सञ्चालन हुन लागेको प्रतियोगिताका लागि चालु आर्थिक बर्ष २०८०/०८१ मा बजेट बिनियोजन गरीएको हो । यससँगै समितिले आगामी दिनमा मेयर कप फुटबल र ब्याडमिन्टन प्रतियोगिता आगामी दिनमा सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।