FAQs Complain Problems

उपमहानगरले पुनको ५ लाख बराबरको पुस्तक किन्ने

वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि बैज्ञानिक महावीर पुनको अभियानमा हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपियाँ बराबर सहयोग गर्ने भएको छ । २०८१ भाद्र ६ गते पुस्तक बिक्री अभियान लिएर हेटौंडा उपमहानगरपालिका आइपुगेका पुनको अभियानमा सहयोग गर्दै ५ लाख रुपियाँ बराबरको पुस्तक खरिद गर्ने प्रतिबद्धता जनाएको हो ।
पुस्तक बिक्री अभियानमा २०२ दिन देखि हिडिरहेका पुनले सबैको सहयोगबाट पुस्तकको बिक्री क्रम बढिरहेको बताएका थिए ।