FAQs Complain Problems

उपमहानगरपालिकाले दियो सहकारीलाई ट्रयाक्टर

उपमहानगरपालिकाले दियो सहकारीलाई ट्रयाक्टर

कृषि उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१८ को सहकारीलाई ट्रयाक्टर हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को यान्त्रिकरण अनुदान कार्यक्रम अन्तरगत उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रधान हो ।

हेटौंडा–१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुलाई सहयोग पुर्‍याउने उद्देश्य सहित अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको हेटौंडा उपमहनगरपालिका कार्यालय आर्थिक विकास महाशाखाका प्रमुख गंगा कुमारी चौलागाईले बताउनु भयो । महाशाखा अन्तरगतको कृषि शाखाले अनुदानमा दिएको ट्रयाक्टर हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले सहकारीका अध्यक्ष रेखा खतिवडालाई चावी हस्तान्तरण गर्नु भएको थियो । ट्रयाक्टरमा उपमहानगरपालिकाले ६ लाख ५० हजार रुपैयाँ अनुदान व्यहोरेको महाशाखा प्रमुख चौलागाईले जानकारी दिनु भयो ।