FAQs Complain Problems

उपमहानगरको दुई वडामा गार्मेन्ट उद्योग सञ्चालन

हेटौंडाका स्थानिय वासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्य सहित यस हेटौंडा उपमहानगरपालिकाले नगरको दुई वडामा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको छ।उपमहानगरपालिकाको लगानीमा हेटौंडा-५ र १८ मा उद्योग सञ्चालनमा आएको हो । दुवै वडामा सञ्चालन सुरु भएका उद्योगको उपमहानगरपालिकाका नगर प्रमुख श्री मीनाकमारी लामाज्यूले उद्घाटन गर्नुभयो। हेटौंडा -५ को ‘हेटौंडा गार्मेन्ट समुह’ र १८ को ‘हर्नामाडि स्वरोजगार महिला गार्मेन्ट उद्योग’ले व्यवस्थापन गर्ने छ ।