FAQs Complain Problems

१३औं सागमा पदक बिजेतालाई सम्मान

१३औं सागमा पदक बिजेतालाई सम्मान

 आज मिति २०७६/९/२९ गते यस हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति को संयुक्त आयोजनामा १३औं सागमा पदक बिजेता खेलाडिहरूलाई  प्रमाण पत्र र नगद सहित  सम्मान गरेको छ,। झांकि सहित नगर परिक्रमा गरी हे.उ.म.न.पा.को प्राङ्गडमा एक समारोहका बिच सम्मान गरिएको हो। खेलाडिहरुलाई  हेटौंडा उपमहानगरपालिकाले क्रमश स्वर्ण , रजत र कास्त पदक बिजेता हरूलाई एक लाख, पचहत्तर हजार र पचास हजार साथै प्रशिक्षकहरुलाई  नगद सात हजारका दरले १३ जना खेलाडि र ५ जना  प्रशिक्षक हरुलाई सम्मान गरेको छ।

  नगर प्रमुख हरिबहादुर महतज्यूको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय  समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्याता रहेको थियो। कार्यक्रममा जिसस उप-प्रमुख भगवती पुडासैनी , हे.उ. म.न.पा का उप-प्रमुख मिना लामा  लगायत ले खेलाडिहरूलाई सम्मान गर्नुभएको थियो।