FAQs Complain Problems

हेटौंडा वजारको खाद्यान्न पसलमा अनुगमन

हेटौंडा वजारको खाद्यान्न पसलमा अनुगमन

  हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा आज हेटौंडा वजार क्षेत्रको अनुगमन गरिएको छ । कोरोना भाइरसको संक्रमण वढ्ने भन्दै सरकारले लकडाउन गरेपछी दैनिक उपभोग्य सामानको व्यापारीले आफुखुसी मुल्यबृद्धी गरेको गुनासोपछिआज हेटौंडा वजार क्षेत्रको अनुगमन गरिएको हो ।

व्यबसायीले चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामानको मुल्यबृद्धी गरेको गुनासोपछी वजार अनुगमन गरिएको हो । उपमहानगरपालिकाका सामाजिक महासाखाका प्रमुख भिम तिमल्सीनाको नेतृत्वमा हेटौंडाको मेनरोड र कान्तिराजपथका चामल,तेल, दाल लगायतका खाद्ययपदार्थको अनुगमन गरिएको हो । अनुगमनमा घरेलु कार्यालय मकवानपुरका प्रमुख जगनाथ दाहाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।  

राहत बितरणमा निरन्तरता

हेटौंडा उपमहानगरपालिकाले राहत वितरणको कार्यक्रम अनुसार आज थप पाँच वटा वडामा राहत पठाएको छ । हेटौंडाको वडा नम्बर १ मा ४ सय परिवार, वडा नम्बर ४ मा थप ५० परिवार, वडा नम्बर ६ मा ३ सय ५० परिवार, वडा नम्बर १६ म एक सय ८० परिवार र वडा नम्बर १८ मा थप एक सय परिवारलाई राहत पठाइएको छ भने राहत वितरणको अभियान निरन्तर रुपमा अरु बाँकी वडाहरुमा पनि पठाइने छ।उपमहानगरपालिकाले कोरोना प्रभावितलाई राहत वितरण गर्ने कार्यबिधी अनुसारनै वडा मार्फत वितरणको गर्ने गरेको छ । नगरमा रहेका एक परिवारले १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ पाकेट नुन, ४ वटा नुहाउने सावुन जस्ता अत्याबसेक सामाग्रि हेटौंडाका १९ वटै वडा अध्यक्षको नेतृत्वमा राहत वितरण गर्न लागिएको हो ।