FAQs Complain Problems

न्यायिक समितिको गतिबिधीको बिषयमा छलफल र अनुगमन सम्पन्न

मिति २०७६ फाल्गुन २० गतेका दिन मकवानपुर जिल्ला अदालतका माननिय न्यायधिश डिल्ली रत्न श्रेष्ठ ज्यू र श्रेस्तेदार केशब कौशिक लगायतका व्यक्तित्वहरुबाट हे.उ.म.न.पा. को न्यायिक समिति र न्यायिक समितिको गतिबिधीको बिषयमा छलफल र अनुगमन भयो। हे.उ.म.न.पा.का उप प्रमुख तथा न्यायिक समिति संयोजक श्री मिनाकुमारी लामा र सदस्य तथा कर्मचारीहरुले न्यायिक समितिले सम्पादन गरेका विभिन्न मुद्दाहरुको र प्रक्रियाको बिषयमा जानकारी दिनुभयो।आगामी दिनहरुमा मेलमिलापको माध्यमबाट मुद्दाहरुको किनारा गर्न र हरेक मुद्दाहरुको अभिलेख चुस्त राख्न माननिय न्यायधिशज्यूले सुझाव दिनु भयो।