FAQs Complain Problems

उद्घाटन कार्यक्रम सम्पन्न

आज मिति २०७४/०४/०४  गते यस हेटौंडा उपमहानगरपालिकाको १४ नं. वडा कार्यालय नगर प्रमुख हरिबाहादुर  महतज्यूले उद्घाटन  गर्नु भयो।  कार्यक्रममा १४ नं. वडाको  वडा प्रमुख दिपक खड्काज्यू, वडा सचिब तथा अन्य कर्मचारि एवं सर्वसाधारणको उपस्‍थिति रहेको थियो। सर्वसाधारण लाई  सरल र सहज रूपमा  स्थानीय सेवा सुचारू गर्न मयूरधापमानै वडा कार्यालय संचालनमा ल्याईएको छ।साबिक  चुरियामाई गा.बि.स. को वाडा नं. १ र २  मिलेर बनेको १४ नं. वडा  १६.३२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ भने जम्मा जनसंख्या ६०८० रहेको  अबस्था छ।