FAQs Complain Problems

अन्तरपालिका कप जित्ने खेलाडिलाई उपमहानगरको सम्मान

हेटौंडा– क्याम्पा रङ्गशालामा भएको दोश्रो अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकालाई प्रथम बनाउने खेलाडिलाई सम्मान गरीएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा मकवानपुर गढी गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधिमा कव्जा जमाएको थियो । प्रतियोगितामा पालिकालाई उपाधि सहित २ लाख रुपियाँ नगद दिलाएका खेलाडि र अफिसीएल टिमलाई यस हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाज्यु, उपप्रमुख राजेश बानियाँज्यु सहितको टिमले सम्मान गर्नुभएको हो ।