सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
हेटौंडा उपमहानगरपालिकाद्वारा २०८३ साल असार २६ गते नगरप्रमुख श्रीमती मिना कुमारी लामाज्यूको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ, मकवानपुरको समन्वयमा आयोजित कार्यक्रममा उपमहानगरपालिकाले सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा सुशासनसम्बन्धी गतिविधिबारे जानकारी गराउनुका साथै सहभागी नागरिकबाट प्राप्त सुझाव, जिज्ञासा र गुनासाहरूको सम्बन्धित पदाधिकारी तथा शाखा प्रमुखहरूले जवाफ दिनुभएको थियो।
हेटौंडा उपमहानगरपालिका नागरिकप्रति पारदर्शी, उत्तरदायी र जवाफदेही स्थानीय सरकार निर्माणका लागि प्रतिबद्ध रहेको छ।















