ड्रागन फ्रुट महोत्सव–२०८३ सफलतापूर्वक सम्पन्न!
असार ११–१३ गते हेटौँडामा आयोजित तीनदिने ड्रागन फ्रुट महोत्सव–२०८३ मा करिब रु. २५ लाख बराबरको आर्थिक कारोबार हुनुका साथै करिब १० मेट्रिक टन (१०,००० केजी) ड्रागन फ्रुट बिक्री भएको छ।
महोत्सवले नेपाली फलफूलप्रति उपभोक्ताको उच्च आकर्षण र स्थानीय उत्पादनको बलियो बजार सम्भावना उजागर गरेको छ। यसले किसान, उद्यमी र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापित गर्दै स्वदेशी कृषि उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
स्थानीय कृषि उत्पादनलाई माया गरौँ, स्वस्थ जीवनशैली अपनाऔँ र समृद्ध हेटौँडा निर्माणमा साथ दिऔँ।









