सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सेवा प्रवाहका क्रममा देखिएका चुनौती, सुधारका सम्भावित उपाय तथा प्रचलित कानुनी व्यवस्था सम्बन्धी विषयमा छलफल गरिएको थियो
See less


