हेटौंडामा जारी छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८३ मा हेटौंडा वडा नम्बर १५ सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडामा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा हेटौंडा वडा नम्बर ६ लाई १-० को साँघुरो गोल अन्तरले पराजित गर्दै हेटौंडा-१५ ले अन्तिम चारको यात्रा तय गरेको हो ।
खेलको मुख्य आकर्षण र म्यान अफ दि म्याच
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका विजयी टोलीका खेलाडी रितेश श्रेष्ठ खेलको 'म्यान अफ दि म्याच' घोषित भए । उनलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले म्यान अफ दि म्याचको ट्रफी तथा नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।





