हेटौँडामा औपचारिक श्रमिकहरूका लागि एक दिने सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सुरु
हेटौँडा उपमहानगरपालिकाद्वारा सञ्चालित औपचारिक श्रमिकहरूका लागि १ दिवसीय सचेतना तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम आज हेटौँडा–२ स्थित पल्सा प्याराडाइजमा सुरु भएको छ।
सामाजिक विकास महाशाखा प्रमुख डा. भीम प्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम हेटौंडा उपमहानगरपालाक, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) हेटौँडा, मकवानपुरको समन्वय एवम् व्यवस्थापनमा सञ्चालन गरिएको हो।कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख (मेयर) श्री मीना कुमारी लामा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको हक, हित र क्षमता विकासका लागि उपमहानगरपालिका सधैं प्रतिबद्ध रहेको बताउनुभयो। बिहान ८:०० बजेदेखि सुरु भएको उक्त कार्यक्रममा हेटौँडा क्षेत्रका विभिन्न औपचारिक श्रमिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा श्रमिकहरूलाई कार्यस्थलको सुरक्षा, कानुनी अधिकार तथा क्षमता अभिवृद्धिका विविध विषयमा सचेतना गराइएको थियो।


