FAQs Complain Problems

उपमहानगरपालिकाको १६ औँ नगरसभा सम्पन्न

हेटौंडा उपमहानगरपालिकाको १६ औं नगरसभा भएको छ । चालु आर्थिक बर्ष २०८१/०८२ मा हाल सम्म भएका प्रगतीको समिक्षा एवम् संसोधित कार्यक्रम नगर उपप्रमुख राजेश बानियाले प्रस्तुत गर्नु भएको थियो । सभा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको हो । चालु आर्थिक बर्षमा उपमहानगरले प्रस्तुत गरेको २ अर्व ५२ करोड रुपियाँ बजेट मध्य अहिले सम्म आइपुग्दा १९ करोड ९७ लाख भन्दा बढि रकम थप्नु पर्ने सभामा जानकारी गराइएको थियो । सभाले बिभिन्न बिधयकहरु सर्वसम्मत पास गरेको थियो ।