FAQs Complain Problems

मैत्रीपुर्ण खेलमा महिला जनप्रतिनिधी र प्रशासन विजयी

हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्री पूर्ण फुटवल प्रतियोगितामा महिला जनप्रतिनिधी र प्रशासनको टिम बिजयी भएको छ ।

 

५४ औं स्थापना दिवस अतिरीक्त क्रियाकलाप समितिले हेटौंडा ७ नागश्वती खेल मैदानमा गरेको प्रतियोगितामा जनप्रतिनिधी तर्फ नगरप्रमुख मिनाकुमारी लामाले नेतृत्व गरेको टिम र प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले नेतृत्व गरेको टिम बिजयी भएको हो ।

 

उपमहानगरका १९ वडामा निर्वाचिन भएका महिला वडा सदस्य सम्मिलत टोलीले उपमहानगरको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले नेतृत्व गरेको प्रशासन टोलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारीत समय गोल रहित बराबरीमा टुङगिएपछि खेलमा ट्राइबेकर मार्फत निर्णय लिइएको थियो ।

 

त्यस्तै प्रतियोगिताको दोश्रो पुरुष तर्फको खेलमा उपमहानगरपालिकाका उप प्रमुख राजेश बानियाँले नेतृत्व गरेको जनप्रतिनिधीको टोली प्रशासनसँग ७ –१ गोल अन्तरले पराजित भएको छ । खेलको सुरुवातबाटै प्रशासनको दबदवा रहेको थियो । मैत्रीपुर्ण खेलको उद्घाटन हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले रेफ्रि सुनिल लोप्चनलाई बल हस्तान्तरण गर्दै गर्नु भएको थियो ।

 

नगर प्रमुख मिना कुमारी लामाले प्रतियोगिताले एक अर्का बिच भाइचाराको सम्बन्धको बिकास सँगै परिचयको अवसर समेत मिल्ने बताउनु भएको छ । अतिरिक्त समितिका संयोजक तथा हेटौंडा १५ का अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका उप प्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहिले मन्तव्य व्यक्त गर्नु भएको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत माघ २६ गते बिहिवार हेटौंडा –४ हुप्राचौर मैदानमा महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने छ ।