FAQs Complain Problems

वडा अध्यक्ष र सचिवलाई अभिमुखिकरण

वडा अध्यक्ष र सचिवलाई अभिमुखिकरण

हेटौंडा उपमहानगरपालिकाले स्थानीय तह निर्वाचनमा निर्वाचित भएका वडा अध्यक्ष र सचिवहरुका लागि दुई दिने अभिमुखिकरण सञ्चालन गरेको छ । स्थानीय सेवा प्रवाहमा विद्यमान कानून तथा समसामहिक विषयमा सुरु भएको अभिमुखिकरण कार्यक्रमको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेका हुन ।

अभिमुखिकरणमा विकासका अवधारणा र योजना तर्जुमा प्रकृया, न्यायिक समितिको कानुनी व्यवस्था काम कर्तव्य र अधिकार, वडाहरुबाट हुने विभिन्न सिफारीस, नागरीकता सिफारिस, स्थानीय बजार अनुगमन, विपद् व्यवस्थापन, सेवा प्रवाहमा स्थानीय तहको भुमिकाको विषयमा अभिमुखिकरण गराइएको थियो ।

कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, हेटौंडा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, कानूनी सल्लाहकार मुकुन्द अधिकारीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम २ दिन संचालन भएको थियो ।