ट्राफिक ब्यबस्थापन समितिको बैठक सम्पन्न

यस हेटौंडा उपमहानगरपालिकाको मिति ०७४/०५/१९को बैठकको निर्णय अनुसार कार्यपालिकाका सदस्य एवं वडा नं. ११का अध्यक्ष श्री गोकर्ण प्रसाद पराजुलि संयोजकत्वमा ५ सदस्यीय ट्राफिक ब्यबस्थापन समिति गठन भएको छ। उक्त समितिको ०७४/०५/२१को निर्णय अनुसार बिशेषगरी  राप्तिरोड क्षेत्र, म.उ.बा. संघ आसपास क्षेत्र, स्कुलरोड, कान्तिराजपथ, सिमाचोक, बैंकरोड लगायत अन्य क्षेत्रका अस्तब्यस्त सवारी साधनलाई ब्याबस्थित गर्ने तयारी भएको छ। बैठकमा  म.उ.बा.संघका अध्यक्ष, नारायणी यातायात संघका अध्यक्ष, टम्पो तथा मझ्यौला यातायातका अध्यक्ष र जिल्ला ट्राफिक प्रहरी कार्यालयको नबिन अधिकारीको उपस्थिति रहेको थियो।