FAQs Complain Problems

१६औं धान दिवस सम्पन्न

१६औं धान दिवस सम्पन्न

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा १८ हर्नाफाँट गुफास्थानमा १६औं धान दिवस को अवसरमा आज एक कार्यक्रम सम्पन्न गरेको छ।हेटौंडा १८ का वडा अध्यक्ष श्री अनिल बानियाँ को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य श्री मुनु सिग्देल,बिशेष अतिथी जि.स.स. मकवानपुरका  उपप्रमुख श्री भगवति पुडासैनी, तथा अतिथीहरू  नगर उपप्रमुख श्री मिना लामा, वडा नं. १९ अध्यक्ष श्री नरनाथ सुबेदि, नगरपालिकाका कर्मचारीहरू एबं स्थानीय कृषकहरूको  उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

     कार्यक्रममा बक्ताहरूले उन्नत जातको धानको बिउमा लगानि गरी आधुनिक कृषि औजार मार्फत   उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।