FAQs Complain Problems

हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवस सम्पन्‍न ।

नगरपालिकाको स्थापना देखि नगरको बिकास र जनमानस बिच नगरलाई पुर्‍याउन भूमिका निर्वाह गरेको भन्दै पूर्व नगर प्रमुख हरीबहादुर महत, डोरमणी पौडेल र निरशंकर श्रेष्ठ लगायत विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तीहरुलाई सम्मान गरेको छ।

सोही अवसरमा नगर प्रमुख स्वर्गीय बासुदेव रिजालको संगम चौकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्राङगडमा स्थानान्तरण गरी अनावरण  गरिएको छ।

कार्यालयले तत्कालिन नगरपञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरी जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ भने तत्कादिन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोप्रान्त  गरेको छ।

साथै यस अवसरमा स्थापना दिवस पारेर हेटौंडा उपमहानगरपालिकामा कार्यरत २५ वर्ष सेवा अवधि पुरा गरेका ३८ कर्मचारीलाई दिर्घसेवा पदक, नगद २५ हजार राशि सहित बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्य निष्ट र ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपियाँ सहित सम्मान गरिएको थियो ।