FAQs Complain Problems

त्रेश्रो चौमासिक सार्वजनिक सुनुवार्इ कार्यक्रम सम्पन्न (हे.उ.म.न.पा.)

यस हेटैडा उपमहानगरपालिका कार्यलयको आ.व. २०७३।०७४ को त्रेश्रो चौमासिक अवधिमा कार्यालयबाट भएको कार्यक्रम तथा सेवा सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो । नगर प्रमुख श्री हरी बहादुर महत ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरू, नगर उपप्रमुख लगायत वडा अध्यक्षहरू, वडा नागरिक मञ्च र नासके, जनप्रतिनिधी सदस्य लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संध संस्थाको प्रतिनिधीहरु, शिक्षक प्रतिनिधीहरु एवं सरोकारवालाहरुको उपस्थिति रह्यो । आयोजक हे.उ.म.न.पा रहेको कार्यक्रममा सहजीकरण सेवा प्रदायक संस्था फ्युचर नेपालबाट भएको थियो ।  कार्यक्रमले खास गरी त्रेश्रो चैमासीकमा नगरपालिकाले दिएको सेवा सुविधा र सेवा प्रप्त भइ सकेपछि सेवा ग्राहीले गरेको महसुसको सम्बन्धमा गरीएको अनुसन्धानको प्रति उतरलार्इ आधार बनार्इ सम्पन्न भएको थियो । नगरपालिकाले जेष्ठ मसान्त सम्ममा लक्ष्य लिएको अम्दानी, पुँजिगत खर्च, विकास खर्च लगायत सम्पन्न अयोजना (१०८) र चालु अवस्थामा रहेको अयोजना (११०) नै छलफलको मुल एजेण्डा रहेको थियो स्वसम्बन्धी प्रस्तुती हे.उ.म.न.पा.का शहरी विकास तथा वातावरण अनुसन्धान महाशाखा प्रवन्धक श्री विरकृष्ण महर्जनले गराउनु भएको थियो भने सेवा लगायत गुनासो, आगमन र वैहर्गमन प्रतिवेदन एवं अन्य प्रतिवेदन फ्युचर नेपाल नामक संस्थाको अध्यक्ष श्री पुष्कल श्रेष्ठले गराउनु भएको थियो । कार्यक्रममा सहभागी मध्यबाट १० जानाले सेवा सम्बन्धी, विकास बजेट सम्बन्धी, सामाजिक सुरक्षा लाभग्राही सूची सम्बन्धी, भवन इजाजत, ढल निकास, बाटो सडक, कार्यक्रम प्रशिक्षक स्थानीय हुनु पर्ने जस्ता विषयमा जिज्ञासा तथा सुझावहरु अएको थियो । सो जिज्ञासा तथा सुझावहरु सम्बन्धमा सम्बन्धित महाशाखा प्रमुखहरुबाट थप सम्वोधन गर्ने काम सम्पन्न भयो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधीहरुले सम्बोधन गर्नु भएको थियो । अन्तमा कार्यकारी अधिकृत श्री कृष्ण प्रसाद पाण्डे ज्यूबाट र बाँकी रहेका जिज्ञासाहरु सम्बन्धमा नगर प्रमुख श्री हरी बहादुर महत ज्यूबाट सम्बोधन भई सभा विसर्जन भएको थियो ।