FAQs Complain Problems

तरकारी बजारका नयाँ स्टलहरु उद्घाटन कार्यक्रम सम्पन्न ।

नयाँ तरकारी बजारका नयाँ स्टलहरु उद्घाटन कार्यक्रम सम्पन्न ।  

आज मिति २०७९ साल मंसिर २५ गतेका दिन यस हेटौँडा उपमहानगरपालिकाको कार्यालय र नेपाल फलपफुल तथा तरकारी व्यापारी संघ, मकावनपुरको संयुक्त लगानीमा नयाँ स्टलको निर्माण कार्य सम्पन्न भई उक्त निर्माण भएका नयाँ स्टल यस हेटौँडा उपमहागनरपालिकाका मेयर श्री मिना कुमारी लामा ज्यूको हातबाट उद्घाटन कार्य समेत सम्पन्न भएको छ । साथै उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल फलफुल तथा तरकारी व्यापरी संघ, मकावनपुरका अध्यक्ष श्री खड्‍ग बहादुर मोक्तान ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा उपमेयर श्री राजेश बानियाँ, १ नंम्बर वडा अध्यक्ष श्री सविन न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत श्री शिवराज चौंलागाई, कार्यालयका विभिन्न शाखा/महाशाखाका प्रमुख ज्यूहरु लगायत विभिन्न संघ संस्था र पार्टीका प्रतिनिधिहरुका साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।