FAQs Complain Problems

कार्य प्रारम्भ समारोह

Published On: 2017-03-14

हेटौंडा उपमहानगरपालिका

कार्यप्रारम्भ समारोह कार्यक्रम स्मपन्न

नेपालको संबिधानको धारा २९५ को उपधारा ३ बमोजिम गठित गाँउपालिका,नगरपालिका तथा बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमा निर्धारण आयोगले मिति २०७३।०९।२२ मा पेश गरेको प्रतिबेदन र नेपाल सरकारको मिति २०७३।१०।२२ को निर्णय अनुसार माननिय संघीय मामिला तथा स्थानीय  विकास मन्त्रिको संयोजकत्वमा गठित समितिले  मिति २०७३।११।२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३।११।२२ मा कायम गरेको स्थानिय तह अनुसार यस हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय ले आज बाट स्थानीय तहको हैसियतमा सेवा प्रबाह सुरु गरेको छ। कार्याकारी अधिकृत कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री  नारयण प्रसाद दुवाडि  ले सेवाग्राहिलाई सिफारिस पत्र हस्तान्तरण गरि सेवा प्रारम्भ गर्नु भएको थियो साथै स्थानीय तहको काम, कर्तभ्य र अधिकारको बारेमा जानकारी गराउनु भएको थियो।