FAQs Complain Problems

कृषि मेला प्रदर्शनी सम्पन्न, उत्तकृष्ट कृषक सम्मानित

  कृषि मेला प्रदर्शनी सम्पन्न, उत्तकृष्ट कृषक सम्मानित

 हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज हेटौंडाको पल्पसा हलमा वृहद् कृषि मेला प्रदर्शनी एवं उत्कृष्ट कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले किसानलाई प्रोत्साहीत गर्नका लागि यो कार्यक्रम गरिएको वताउनुभयो ।

अहिलेपनि धेरै किसान कृषि क्षेत्रमा काम गर्ने तर, खाद्यान्नका सामान विदेशबाट ल्याउनुपर्ने समस्या भएको वताउनुभयो । कृषि पेसालाई निर्वाहमुखी भन्दा पनि व्यावसायीक वनाउँदै लैजान पनि किसानहरुलाई पुरस्कत गरिएको मेयर महतले वताउनुभयो । उत्कृष्ट कृषकको रुपमा हेटौंडा १२ का राम प्रसाद पौडेल र पशुपालकको रुपमा हेटौंडा ७ का राम बहादुर बस्नेतलार्ई जनही १ लाख रुपैयाँका दरले नगद पुरस्कार सहित मेयर महतले सम्मान गर्नुभयो ।

हेटौंडामा कृषि उत्पादनको विभिन्न ६ वटा विधामा ४ जनाका दरले २४ जनालाई पुरष्कृत गरिएको छ । प्रथम पुरस्कार जनही ५ हजार, द्वितीय पुरस्कार जनही ३ हजार, तृतीय पुरस्कार जनही २ हजार र सान्त्वना जनही १ हजारका दरले नगद, प्रमाणपत्र सहित सम्मान गरिएको छ । निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषि पेशामा लाग्न उत्प्रेरित गर्ने र कृषि पेशालाई प्रवर्द्धन गर्न मेला प्रदर्शनी एवं सम्मान कार्यक्रम राखिएको हो ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामाको विशेष आतिथ्यतामा भएकोे थियो । कार्यक्रममा आर्थिक विकास समिति संयोजक नरनाथ दुवेदी, वडाध्यक्षहरु, कार्यपालिका एवं नगरसभा सदस्यहरु, कृषकहरु ल्गायतकोे उपस्थिति रहेको थियो ।