FAQs Complain Problems

हाल सम्म ५२२ जनाको  टेष्ट सम्पन्न

हाल सम्म ५२२ जनाको  टेष्ट सम्पन्न

आज मिति २०७७ साल जेष्ठ १ गते सम्म यस हेटौंडा उपमहानगरपालिका वार्ड नं.०४ कर्रा स्थित कोभिड १९ संक्रमण रोकथाम गर्न स्थापित आईसोलेसन वार्डबाट १५२  जनाले सेवा लिनुभएको छ जस मध्य आज ६   जनाले सेवा लिईरहनु भएको छ। आईसोलेसन वार्ड मार्फत १६१ जनाको पि.सि.आर. टेष्टको नमुना संकलन गरी पठाइएकोमा ६ जनाको नतिजा प्राप्त हुन बांकि छ भने १५५ जनाको नतिजा नेगेटिभ आएकोछ। त्यस्तै उपमहानरपालिकाले बिभिन्न स्थानमा गरेको आर.डि.टि परिक्षण र आईलेसन वार्ड बाट भएको आर.डि.टि परीक्षण गरि जम्मा ३६७ जनाको आर.डि.टि परिक्षण भएको छ भने कोभिड १९ संक्रमण रोकथामको लागि नियमित रूपमा माईकिङ्ग गर्ने कार्य भैरहेको छ साथै संक्रमित जिल्लाहरूबाट आवागमनकोलागि बन्दगरिएको छ र नेपाल सरकारले घोषित गरेको लकडाउनलाई  पालना गर्न गराउन  सुरक्षा निकाय तथा जिल्ला प्रशासनको समन्वयमा  आबस्यक सहयोगमा आबस्यक ब्यबस्था मिलाईएको छ।