FAQs Complain Problems

राहत वितरण सम्बन्धमा

राहत वितरण सम्बन्धमा
राहत वितरण सम्बन्धमा

 हेटौंडा उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरणको तयारी सुरु गरिएको छ । पहिलो चरणको रातह वितरण गरिसकेको उपमहानगरपालिकाले दोस्रो चरणमा दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरण गर्ने तयारी थालेको हो । कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण सरकारले दुईसाता अघिदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई खानाका लागि समस्या हुने भन्दै आजबाट दोश्रो चरणमा राहत वितरणको काम सुरु गरिएको  ।

दोश्रो चरणमा राहत वितरण गर्ने कायृक्रम अनुसार आजै हेटौंडा ४ मा एक सय ५० परिवार र हेटौंडा १८ मा ३ सय ५० परिवारका लागि राहत वितरण गर्न वडा कार्यालयमा पठाइएको छ भने अरु अरु वडामाहरुमा  निरन्तर रुपमा राहतका सामाग्री पठाउने तयारि गरिदै छ। हालसम्म हेटौंडाका विभीन्न वडा कार्यालय मार्फत ५ हजार ७१ परिवारलाई राहतका लागि माग  भए पनि बास्तबिक बिपन्न र दैनिक ज्याला मजदुरि गर्ने परिवारलाई बितरण गर्ने लक्ष लिएको छ।

दोस्रो चरणमा हेटौंडाका १९ वटै वडाका दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई ९० हजार केजी चामल, १२ हजार केजी मुसुरोको दाल, ६ हजार केजी नुन, १२ हजार लिटर तेल, २४ हजार थान सावुन वितरण गर्ने तयारी    गरएको छ ।