FAQs Complain Problems

प्रथम चाैमासिक समीक्षा कार्यक्रम सम्पन्न

Published On: 2016-12-19

अाज मिति २०७३/०८/३० गते यस हेटाैडा उपमहनगरपालिका कार्यलयको प्रथम चाैमासिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । प्रमुख एवं कार्यकारी अधिकृत श्री कृष्ण प्रसाद पाण्डे ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी कार्यलयको प्रमुख एवं प्रतिनिधी, नगरपालिका सँग समन्वय गर्ने विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी ज्यूहरू, संचारकर्मि एवं सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामान्य प्रशासन एंव सुशासन प्रवर्ध्दन महाशाखा प्रमुख श्री शंकर प्रसाद उपाध्यायले स्वागत मन्तव्य गर्नु भएको थियो भने शहरी विकास अनुसंधान तथा वातावरण महाशाखा प्रमुख श्री विर कृष्ण मर्हजन ज्यूले समीक्षाको प्रतिवेदन प्रस्तुती करण गर्नु भएको थियो । उक्त प्रतिवेदनमा सहमागीहरूले छलफल गर्दै विभिन्न जिज्ञासाहरू राख्नु भएको थियो भने विभिन्न महाशाखा प्रमुखहरूले जिज्ञासाको सम्वोधन गर्नुभएको थियो साथै प्रमुख एवं कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे ज्यूले छलफलका क्रममा अाएका सुझावहरूलार्इ क्रमस कार्यन्वयन गर्दै लैजाने प्रतिवध्दता गर्नु भएको थियो ।

अा.व. २०७३/०७४ को प्रथम चाैमासिक समीक्षाको प्रतिवेदन हेर्नको लागि तलको Link मा Click गर्नु होला ।

Supporting Documents: