FAQs Complain Problems

घर बाटो प्रमाणितको सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

घर बाटो प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

१)  निवेदन  (बाटोको  नाम,  टोल  समेत  खुलाउने) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाका प्रमाणित प्रतिलिपि
३) जग्गा रहेका क्षेत्रका प्रमाणित सक्कलनापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाणपत्रकोे प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरीक्षण प्रतिवेदन